एनजेपी ड्राई पोर्ट तोड़फोड़ घटना : बापी पाल लगायत 10 जना जमानतमा रिहा

सिलगढी : एनजेपीको ड्राई पोर्ट तोडफोड घटनाको आरोपमा पक्रा परेका ट्रक ओनर एसोसिएसनका सचिव बापी पाल लगायत 10 जना जलपाईगढी अदालतबाट जमानतमा रिहा भएका छन्। तथापि, उक्त घटनाका प्रमुख प्रसनजीत राय हालसम्म जेल बन्दी छन्। बापी पाल लगायत 10 जना आज जमानतमा रिहा भएपछि श्रमिकहरूमा व्यापक उत्साह देखापर्यो। जमानतमा रिहा भएपछि तिनीहरूले सर्वप्रथम एनजेपीको एउटा मन्दिरमा पुजा-अर्चना गरे। यसपछि एउटा र्‍यालीको माध्यमद्वारा तिनीहरूलाई एनजेपीस्थित संगठनको कार्यालयमा लगियो। बापी पालले श्रमिकहरूको हितमा कार्य गर्ने क्रममा आफूहरूलाई झुटो मामिलामा फँसाएको आरोप लगाउँदै आफूहरूलाई यस प्रकारले दबाएर राख्न नसक्ने बताए। यसको साथै संगठन तथा श्रमिकहरूको हितमा सधैँ कार्य गर्ने पनि तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *