एनजेपी ड्राई पोर्ट तोड़फोड़ : आईएनटीटीयुसी नेता प्रसनजीत राय तृणमूलबाट निष्कासित

सिलगढी : एनजेपी ड्राई पोर्ट तोडफोड घटनापछि आईएनटीटीयुसी नेता प्रसनजीत रायलाई तृणमूल कङ्ग्रेसबाट निष्कासित गरेको छ। डाबग्राम-फुलबारीका विधायक तथा मन्त्री गौतम देवले आज पार्टी कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। यस अवसरमा तृणमूल जिल्ला सभापति रञ्जन सरकार पनि उपस्थित थिए। एनजेपी ड्राई पोर्ट तोड़फोड़ घटनाले गर्दा आईएनटीटीयुसी नेता प्रसनजीत रायलाई पार्टीबाट निष्कासित गरेको साथै एनजेपीमा आईएनटीटीयुसीको एउटा नयाँ कमिटी गठन गरेको रञ्जन सरकारले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *