एनजेपी-गुवाहाटी वन्दे भारत एक्सप्रेस ट्रेनको ट्रायल रन सफल

सिलगढी : उत्तर बंगाल अर्थात् सिलगढीका मानिसहरूले दोस्रो वन्दे भारत ट्रेन परिसेवा पाउने भएका छन्। दोस्रो वन्दे भारत ट्रेनको औपचारिक शुरुआत 25 मईमा हुनेछ। यसभन्दा पहिला आज यसको ट्रायल रन पुरा गरियो। वन्दे भारत एक्सप्रेस आज बिहान 6 बजेर 10 मिनटमा एनजेपी स्टेशनबाट गुवाहाटीतर्फ प्रस्थान गर्यो। ट्रायल रन अवधि पूर्वोत्तर रेलवेको कटिहार डिभीजनको एडीआरएम लगायत अन्य अधिकारीहरू एनजेपी स्टेशनमा उपस्थित थिए। उक्त ट्रेन परिसेवा शुरू भएपछि पर्यटनमा राम्रो प्रभाव पर्नेछ साथै पर्यटकहरूलाई पनि फाइदा हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *