एनजेपी आईओसी रोड इलाकामा बमको आतङ्क

सिलगढी : एनजेपी थाना अन्तर्गत आईओसी रोड इलाकामा बमको आतङ्क देखापर्यो। प्राप्त जानकारीअनुसार आज बिहान उक्त इलाकाको एउटा संस्थाको कार्यालयका एकजना कर्मी वाहन निकाल्न जाँदा बम झैँ देखिने गोलो आकारको एउटा संदिग्ध वस्तु देखेपछि त्यहाँका कर्मचारीहरूमाझ आतङ्कको माहौल देखापर्यो। यसबारे एनजेपी थाना पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर बम स्क्वाडलाई खबर दिए। पुलिस तथा बम स्क्वाड टोलीका अधिकारीहरूले घटनास्थलमा पुगेर उक्त फेला परेको गोलो आकारको बम झैँ देखिने वस्तुको जाँच गरिरहेको बताइएको छ। तथापि, समाचार लेखुञ्जेलसम्म उक्त वस्तु विस्फोटक पदार्थ रहेको हो अथवा होइन भन्ने आधिकारिक पुष्टि भएको छैन।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *