एनजेपीस्थित इन्डियन ओयल कर्पोरेसनमा आगलागी

सिलगढी : सिलगढीको एनजेपीस्थित इन्डियन ओयल कर्पोरेसनमा आज दिउँसो आगलागी भएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार आज दिउँसो पाइप लाइनको मरमति गरिरहेको समय अचानक आगलागी भएको बताइएको छ। आगलागीको घटनापछि इलाकामा आतङ्कको माहौल देखापर्यो। घटनापछि तत्कालै सडकमा रहेको तेलको ट्याङ्करहरू त्यहाँबाट हटाउनको साथै घटनाबारे अग्निशमन विभागलाई खबर दिए। घटनाको खबर पाएर दमकलको 4 वटा इञ्जिन घटनास्थलमा पुगे तापनि बाटो साँघुरो रहेको साथै जामको कारण केही विलम्ब गरी घटनास्थलमा पुग्दा आगोलाई नियन्त्रणमा ल्याइसकेको थियो। इन्डियन ओयल कर्पोरेसनमा कार्यरत विभिन्न कर्मचारीहरूको तत्परता तत्कालै आगोलाई नियन्त्रणमा ल्याउन सफल भएकोले गर्दा नै आज एनजेपीको यस क्षेत्र लगायत लगभग आधा सिलगढी सहर कुनै पनि ठुलो दुर्घटना हुनबाट जोगियो। उक्त आगलागीमा कुनै प्रकारको क्षय-क्षति तथा अधिक सम्पतिको नोक्सान नभएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *