एनजेपीमा विरल प्रजातिको पक्षी उद्धार

सिलगढी : एनजेपी रेल अस्पताल संलग्न इलाकामा एउटा विरल प्रजातिको पक्षी उद्धार गरिएको छ। आज बिहान एउटा विरल प्रजातिको पक्षी रुखबाट झरेपछि स्थानीय मानिसहरूको घरभित्र पस्दा स्थानीयहरूमा आतङ्कको माहौल सृष्टि भएको बताइएको छ। हेर्दा गिद्ध झैँ देखिने उक्त पक्षीलाई हेर्नको लागि मानिसहरूको निक्कै भीड देखियो। यसबारे एनजेपी थाना पुलिसलाई खबर दिएपछि एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर परिस्थितलाई नियन्त्रणमा ल्याइयो। सालुगढा वन विभागका कर्मीहरू घटनास्थलमा पुगेर उक्त पक्षीलाई उद्धार गरेर लगेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *