एनजेपीमा छिनताईको घटना, जाँचमा जुट्यो पुलिस

सिलगढी : सिलगढीमा डर देखाएर छिनताई गरेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार गुजरात निवासी सञ्जय श्रीवास्तव कामको सिलसिलामा सिलगढी आएका थिए भने हिजो आइतबार काम सकेपछि गुजरात फर्किनको लागि एनजेपी स्टेसनबाट जेनरल टिकट काटेर तिनी ट्रेनको प्रतीक्षा गरिरहेका थिए। त्यहीँ समय स्टेसनमा रहेको एकजना व्यक्तिसित केही समयसम्म तिनले बातचीत गर्न थालेपछि उक्त व्यक्तिले टिकट रिजभेसन गरिदिने बहानामा तिनलाई स्टेसन बाहिर रहेको ट्रक स्ट्यान्ड अघि लगे। यसपछि पछिल्तिरबाट अझै दुईजना युवकले तिनको घाँटी दबाएर नगद साढे 9 हजार रुपियाँ, मोबाइल, एटीएम लिएर चम्पट कसेको बताइएको छ। घटनापछि सञ्जयले एनजेपी थानामा लिखित अभियोग दर्ता गरे। यसपछि आज तिनको ब्याङ्क एकाउन्टबाट 5 हजार रुपियाँ निकालेकोबारे तिनले पुलिसलाई बताए अभियोगको आधारमा पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *