एनजेपीमा दुई पक्षमाझ संघर्ष, केही मानिसहरू घाइते

सिलगढी : एनजेपीको आईओसी नजिक दुई पक्षमाझ संघर्ष हुँदा उक्त इलाकामा उतप्तको माहौल सृजना भएको छ। प्राप्त जानकारीअनुसार आईओसीबाट तेल लिएर विभिन्न पेट्रोल पम्पहरूतिर जाने ट्याङ्करहरूको टेन्डर जम्मालाई लिएर दुई पक्षमाझ संघर्ष भएको बताइएको छ। आज आईएनटीटीयुसी नेता प्रसनजीत राय र तिनका समर्थकहरूमाथि ईँटा ढुङ्गाले प्रहार गरेर हमला गरेको अर्को एउटा पक्ष विरुद्ध आरोप उठेको छ। उक्त घटनापछि ती दुवै पक्षमाझ व्यापक संघर्ष शुरू भएको बताइएको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको साथै घटनामा केही मानिसहरू घाइते भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *