एनजेपीमा आईओसीको विपरीत दिशामा आगलागी हुँदा 3 वटा दोकान क्षतिग्रस्त

सिलगढी : सिलगढी एनजेपीमा आईओसीको विपरीत आगलागीको घटना घटेको छ। आज अपरान्ह आईओसीको विपरीततर्फ रहेको एउटा ग्यारेजमा आगो लागेपछि क्षणभरमै यसको चपेटमा परेर 3 वटा दोकान क्षतिग्रस्त बनेको बताइएको छ। आगलागी हुनसाथ आईओसी-का कर्मचारीहरूले फोमको सहयोगमा आगो निभाउने प्रयास गरे। पछि दमकलको 2 वटा इञ्जिन घटनास्थलमा पुगेर आधा घण्टाको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। दोकान पछिल्तिर घरहरू रहेकोले त्यहाँका मानिसहरू डरले घरबाट बाहिर निस्केको देखियो। घटनाको खबर पाएर काउन्सिलर शम्पा नन्दी घटनास्थलमा पुगेर व्यवसायीहरूसित कुराकानी गरिन्। आगलागीमा 3 वटा दोकान क्षतिग्रस्त भएको थाहा लागेको छ। सर्वप्रथम ग्यारेजमा काम गरिरहेको समय एउटा मसिनबाट सर्ट सर्किटको कारण आगो लागेको स्थानीय सूत्र मार्फत् थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *