एनजेपी मामिलाका मुख्य आरोपी लगायत 3 जनाले गरे आत्मसमर्पण

सिलगढी : एनजेपी मामिलाका मुख्य आरोपी मोहम्मद सलाउद्दीनले आज आत्मसमर्पण गरे। स्मरण रहोस्, गत एक नोभेम्बरमा एनजेपी थाना इलाकाको ट्रक स्ट्यान्डमा इलाका दखल विषयलाई लिएर दुई गुटमाझ झगडा हुँदा एकजना पुलिसकर्मी घाइते भएका थिए भने परिस्थितिलाई नियन्त्रणमा ल्याउन पुलिसले लाट्ठीचार्ज गरेका थिए। डीसीपी जय टुडू र एसीपी शुभेन्द्र कुमार पनि घटनास्थलमा पुगेर पाँचजना व्यक्तिलाई पक्राउ गरेको थियो। यस घटनाको जाँच अवधि मोहम्मद सलाउद्दीनको नाम अघि आयो। पुलिस सूत्रले दिएको जानकारी अनुसार उक्त घटना मोहम्मद सलाउद्दीनको नेतृत्वमा भएको थियो भने आरोपी हालसम्म लुकेर बसेका थिए। मुख्य आरोपी मोहम्मद सलाउद्दीन र तिनका दुईजना साथीले आज बिहान एनजेपी थानामा गएर आत्मसमर्पण गरेपछि तिनीहरूलाई जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *