एनजेपीमा रेलवे विभागले भत्काइदियो अवैध निर्माण

सिलगढी : रेलवेको जमिनमा गरिएको अवैध निर्माण आज भत्काइदिएको छ। रेल विभागले एनजेपी स्टेशन संलग्न नेताजी मोड़ इलाकामा एउटा अवैध निर्माणलाई भत्काइदिएको छ। प्राप्त जानकारीअनुसार एकजना व्यवसायीले टिन र तारपोलिनको आड़मा कङ्क्रिटले अवैध निर्माण गरिरहेको खबर पाएपछि रेलवे अधिकारीहरूले आज उक्त अवैध निर्माण भत्काइदिएको बताइएको छ। यस सम्बन्धमा व्यवसायीले भने, भीआईपी रोड नजिक धेरै अवैध निर्माणहरू रहेको छ। तर रेलवे विभागले ती अवैध निर्माणहरूमा ध्यान नदिएर आज मेरो बिल्डिङ भत्काइदियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *