एनजेपीमा तेल चोरीको घटनालाई लिएर तनाउको माहौल, धेरैजना घाइते

सिलगढी : एनजेपीमा तेल चोरीको घटनालाई लिएर गत राति तनाउको माहौल देखापर्यो। उक्त घटनामा केही मानिसहरू घाइते भएका छन्। स्मरण रहोस्, गत दिनमा तेल चोरी अवधि अग्निकाण्डको घटना घटेको थियो। त्यस समय सिलगढी सहर ठुलो दुर्घटना हुनबाट जोगिएको थियो। यसपछि पनि तेल चोरी भइरहेको छ। अग्निकाण्ड जस्ता घटना पुनः नहोस् भन्ने उद्देश्य लिएर इन्डियन ओयल संलग्न इलाकाका मानिसहरूले आवाज उठाएको छ। गत राति पनि तेल चोरी रोक्ने क्रममा केही मानिसहरू घाइते भएका छन्। घरमा पसेर स्थानीय मानिसहरूलाई कुटपीट गरेको आरोप रहेको छ। यसको साथै महिलाहरूलाई पनि कुटपीट गरेको आरोप रहेको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस उक्त इलाकामा पुगेका थिए। पीड़ित निवासीहरूले आज बिहान एनजेपी थानामा केही मानिसहरूविरुद्ध अभियोग दर्ता गरेको छ। इलाकावासीहरूको आरोप अनुसार तेल माफियाको दादागिरीको कारण इलाकामा बस्न असुविधा भइरहेको छ। फेरि अग्निकाण्ड जस्तो घटना घट्न सक्ने सम्भावना रहेकोले तिनीहरूले प्रशासनले यसको विरुद्ध तत्कालै कार्वाही गर्ने साथै आरोपीहरूलाई सजाय दिइनुपर्ने माग गरे। इलाकाका पार्षद सम्पा नन्दीले उक्त घटनाको निन्दा गर्दै यस प्रकारको अवैध कारोबार कुनै प्रकारले स्वीकार गरिने छैन भनी बताइन्। प्रशासनले असामाजिक गतिविधिविरुद्ध कार्वाही गर्नुपर्ने तिनले माग गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *