एनजेपी पुलिसद्वारा विभिन्न इलाकामा गश्ती, केही मानिसहरू हिरासतमा

सिलगढी : कोरोनाको बढ्दो प्रकोपलाई ध्यानमा राखेर डबग्राम-फुलबारी विधानसभा केन्द्रमा हिजो साँझ 6 बजीदेखि आगामी 30 जुलाईसम्म सम्पूर्ण लकडाउन गरिएको छ। आज बिहानैदेखि एनजेपी पुलिस यहाँको विभिन्न इलाकाहरूमा गश्ती लगाइरहेको छ। यस अवधि पुलिसले केही खुल्ला रहेको दोकानहरू बन्द गरिदिनको साथै व्यवसायीहरूलाई लकडाउन अवधि दोकान नखोल्ने निर्देश दिएको छ। लकडाउनको उल्लङ्घन गरे कुनै काम बिनै घरबाट बाहिर निस्केका केही मानिसहरूलाई पुलिसले हिरासतमा लिएको छ। उक्त लकडाउनलाई सफल बनाउने उद्देश्य लिएर पुलिसले लगातार अभियान चलाइरहनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *