एनजेपी रेलवे अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटन

सिलगढी: एनजेपी रेलवे अस्पतालमा आज अक्सिजन प्लान्ट स्थापित गरियो। जलपाइगढीका सांसद जयन्त राय, सिलगढीका विधायक शंकर घोष र डाबग्राम-फूलबारीका विधायक शिखा च्याटर्जीको उपस्थितिमा उक्त अक्सिजन प्लान्टको आधिकारिक रूपमा उद्घाटन गरियो। स्मरण रहोस, प्रधान मन्त्री नरेन्द्र मोदीले सम्पूर्ण देशभरिकै 35 वटा अस्पतालमा अक्सिजन प्लान्टको भर्चुअल उद्घाटन गरेका थिए।


यसै अन्तर्गत आज एनजेपी रेलवे अस्पतालमा पनि यस अक्सिजन प्लान्टको उद्घाटन गरियो। यस अवसरमा सांसद जयन्त रायले भने, हाई फ्लो अक्सिजन प्लान्टमार्फत अब बिरामीहरूको लागि आवश्यक अक्सिजन सहजै प्राप्त हुनेछ। यसले कोरोना विरूद्धको लड़ाईमा पनि सहज हुनेछ भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *