एनजेपी रेलवे स्टेशन संलग्न मैदानमा आगलागी

सिलगढी : एनजेपी रेलवे स्टेशन संलग्न इलाकामा आगो लाग्दा इलाकामा भागदौड मच्चियो। एनजेपी स्टेशन संलग्न परित्याक्त मैदानमा आज अचानक आगो लाग्दा रेलकर्मीहरूमा आतङ्कको माहौल देखापर्यो। रेलकर्मीहरूले पहिला स्वयम् आगो निभाउने प्रयास गरे भने पछि घटनाबारे दमकल विभागलाई खबर दिए। आगलागीको खबर पाएर दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्यायो। घटनाको खबर पाएर कटिहार डिभीजनका एडीआरएम सञ्जय चिलवारवार पनि घटनास्थलमा पुगेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.