एनजेपी संलग्न आईओसी परिसरमा पुलिसको नजरदारी

सिलगढी : एनजेपी स्टेसन संलग्न इलाका आईओसी परिसरमा बारम्बार झमेला हुने गरेकोले एनजेपी थाना पुलिसले उक्त इलाकामा आजदेखि टहलदारी शुरू गरेको छ। एनजेपी इलाकामा विभिन्न झमेला हुने गरेको अभियोग पाएपछि पुलिस कमिश्नर गौरव शर्माले उक्त इलाकामा विशेष नजरदारी गर्ने निर्देश दिएका छन्। तिनको निर्देश अनुसार नै एनजेपी थानाका ओसी समिर तामाङको नेतृत्वमा आजदेखि विशाल पुलिस वाहिनीले उक्त इलाकामा नजरदारी शुरू गरेको छ। उक्त इलाकाबाट फेरि कुनै प्रकारको अपराधिक गतिविधिबारे अभियोग आएको खण्डमा कठोर कार्वाही गरिने पुलिस सूत्रमार्फत् थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *