एनजेपी स्टेसनबाट 6 जना नानीसहित 13 जना रोहिंग्या पक्राउ

सिलगढी : जीआरपीले सिलगढीको एनजेपी स्टेसनबाट 6 जना नानीसहित 13 जना रोहिंग्यालाई पक्राउ गरेको छ। जीआरपी सूत्रले दिएको जानकारी अनुसार यी 13 जना रोहिंग्या गत साँझ एनजेपी स्टेसनमा आइपुगेपछि असम जानको लागि ट्रेन पर्खिरहेका थिए। जीआरपी अधिकारीहरूले तिनीहरूमाथि सन्देह लागेपछि हिरासतमा लिएर सोधखोज गर्दा असमबाट त्रिपुरा हुँदै बङ्ग्लादेशमा रोहिंग्या शिविरमा जाने योजना रहेको थाहा पाए। यसपछि फरेनर्स एक्ट अन्तर्गत ती 13 जना रोहिंग्यालाई पक्राउ गरियो। पक्रा परेकाहरूमा 6 जना नानी, 2 जना महिला र 5 जना पुरुष सामेल छन्। पक्रा परेकाहरूलाई आज जलपाईगढी अदालतमा पेश गरेर पुलिस हिरासतमा लिइने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *