एनजेपी स्टेशनस्थित ट्रेनबाट सुनसहित एकजना पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा डीआरआईले अभियान चलाएर एनजेपी रेलवे स्टेशनबाट 6 किलो सुनसहित एकजना व्यक्तिलाई पक्राउ गरेर आज सिलगढी अदालतमा पेश गरेपछि 14 दिनको न्यायिक हिरासतमा पठाएको छ। पक्रा परेका व्यक्ति महाराष्ट्रका गोविन्द तुकाराम चावानको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत राति डीआरआई-को टीमले एनजेपी रेलवे स्टेशनमा रोकिएको समय सम्पर्कक्रान्ति ट्रेनमा अभियान चलाउँदा गोविन्द तुकाराम चावानबाट 1 किलो 6 सय 60 ग्राम ओजन भएको 10 वटा सुनको बिस्कुट उद्धार गरेको बताइएको छ। जफत गरेको सुनको अनुमानिक बजार मूल्य 55 लाख रुपियाँ रहेको छ। सरकारी अधिवक्ता त्रिदीप साहाले बताएअनुसार उक्त सुन म्यान्मारबाट दिल्ली तस्करी गर्ने उद्देश्यले लगिरहेको समय डीआरआईले एनजेपीबाट उद्धार गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *