एनजेपी स्टेसनका हकर्स दिग्दारीको सिकार भइरहेको आरोप लगाउँदै तृणमूल श्रमिक संगठन आईएनटीटीयुसी-द्वारा आन्दोलन

सिलगढी एनजेपी स्टेसनका हकर्स दीर्घदिनदेखि दिग्दारीको सिकार भइरहेको आरोप लगाउँदै आज तृणमूल श्रमिक संगठन आईएनटीटीयुसीले आन्दोलन गरेको छ। आन्दोलनकारीहरूको आरोप अनुसार एनजेपी लगायत अन्य विभिन्न ठाउँहरूमा आरपीएफले हकर्समाथि अत्याचार गरिरहेको छ। यस विषयलाई लिएर गत केही समय अघि आरपीएफ अधिकारीसमक्ष गुहार लगाए तापनि कुनै फाइदा भएको छैन। यसैले आईएनटीटीयुसी एनजेपी थानाले आज हकर्समाथि अत्याचार गर्न बन्द गर्नुपर्ने माग गर्दै आन्दोलन गरेको हो। आईएनटीटीयुसी एनजेपी शाखा सचिव सुजय सरकार र जिल्ला सचिव निर्जल दे-को नेतृत्वमा आज विक्षोभ कार्यक्रम गरिएको हो। संगठनका सदस्यहरू आज एउटा र्‍यालीको माध्यमद्वारा रेलवे पुलिस कार्यालयमा पुगेर विक्षोभ प्रदर्शन गरेको हो। यस विषयमा दार्जिलिङ जिल्ला आईएनटीटीयुसी-का जिल्ला सचिव निर्जल दे-ले भने, रेलवे विभागले गरिब खटिखाने हकर्समाथि अत्याचार गरिरहेको छ। चाँडै यस प्रकारको कार्यकलाप बन्द नगरेको खण्डमा लगातार धरना प्रदर्शन गर्ने तिनले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *