एनजेपी स्टेसनमा बम आतङ्क, निष्क्रिय गरियो सन्देहजनक वस्तु

सिलगढी : स्वतन्त्रता दिवसको दिन आज बिहानै सिलगढीको एनजेपी स्टेसनमा बम आतङ्कले एनजेपी स्टेसन परिसरमा आतङ्कको माहौल देखापर्यो।  प्राप्त जानकारीअनुसार आज बिहान एनजेपी स्टेशनको प्रवेश द्वारमा रुखको पछिल्तिर एउटा गोलो वस्तु देखापरेपछि तत्कालै आरपीएफ तथा जीआरपी अधिकारीहरूलाई जानकारी गराइयो घटनाको खबर पाएर सीआईडी-को बम डिस्पोजल स्क्वाड टोली घटनास्थलमा पुगेर उक्त वस्तुलाई त्यहाँबाट उठाएर स्थानीय एउटा खाली मैदानमा लगेर निष्क्रिय गरेको बताइएको छ। उक्त वस्तु विस्फोटक हो अथवा अन्य कुनै वस्तु हो भन्नेबारे हालसम्म थाहा लागेको छैन। यसको जाँचको लागि सीआईडीले नमुना संग्रह गरेको छ भने फरेन्सिक टेस्ट पछि मात्र यसबारे थाहा लाग्ने छ। अर्कोतिर, आरपीएफ-का असिस्टेन्ट सिक्युरिटी कमिश्नर एजी फारूकले बताएअनुसार उक्त वस्तु देशी बम हुनसक्ने सन्देहमा यसलाई निष्क्रिय गरियो। तथापि, उक्त वस्तु के हो भन्नेबारे हालसम्म सटीक जानकारी नभएको साथै सीआईडीले यसबारे जाँच शुरू गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *