एनजेपी स्टेसनमा रेलवे पुलिसको अभियान, माक्सविहीन यात्रीहरूलाई जागरूक

सिलगढी : लकडाउन तथा कोरोना महामारीबीच गत केही महिनादेखि रेलवे परिसेवा बन्द रहेपछि हाल ट्रेनहरूको चलाचल शुरू भएको छ। कोरोना संक्रमणलाई ध्यानमा राखेर रेलवे पुलिसको तर्फबाट एनजेपी स्टेसनमा कोरोनाबारे जागरूक अभियान चलाइरहेको छ। एनजेपी स्टेसनमा पुलिसद्वारा आज सबै ट्रेनहरूमा अभियान चलाएर माक्सविहीन यात्रीहरूलाई सर्तक गराउनको साथै स्टेसन परिसरमा माक्सविहीन घुमफिर गरिरहेको मानिसहरूलाई पनि सचेत गराएको बताइएको छ। यसको साथै अनुमति विहीन हकर्स स्टेसन परिसर लगायत ट्रेनभित्र प्रवेश नगरोस भन्ने उद्देश्य लिएर रेलवे पुलिसले कठोर नजरदारी गरिरहेको छ। रेलवे पुलिसका उच्च अधिकारी सारिका कुमारीले आफूहरूद्वारा चलाइएको उक्त अभियान लगातार जारी रहने बताइन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *