एनजेपी स्टेशनमा यात्रीको मोबाइल चोरी, जीआरपी-को सक्रियतामा मात्र तीन घण्टामा पक्रा परे चोर

सिलगढी: एनजेपी रेलवे स्टेशनमा एकजना यात्रीको बहुमूल्य मोबाइल चोरी भएको मात्र तीन घण्टाको अवधिमा नै जीआरपी-ले  उद्धार गरेर मोबाइल मालिकलाई फर्काइ दिए। प्राप्त जानकारी अनुसारसिलगढी निवासी राजा भट्टाचार्य मंगलवार बिहान कोलकाताबाट रेलमा सवार भएर आएपछि एनजेपी स्टेशनमा उत्रिए। यसपछि आफ्नो पेन्टको गोजीमा राखेको मोबाइल हेर्दा नभेट्टाइएपछि आफ्नो मोबाइल हराएको कुरा थाहा पाएपछि तिनले एनजेपी-को जीआरपीलाई यसबारे लिखित एफआईआर गरे। यसपछि घटनाको छानबिन गर्दै जीआरपी-ले मात्र तीन घण्टाको अवधिमा नै एकजना युवकलाई स्टेशन परिसरबाट पक्राउ गरेर तिनीबाट हराएको मोबाइल पनि उद्धार गरे। जीआरपी –ले यसपछि उक्त मोबाइल राजा भट्टाचार्यलाई सुम्पिदिए।  एनजेपी जीआरपी-को सक्रियता साथै त्वरित कार्यवाही गरेर मोबाइल उद्धार गरेर फर्काइ दिएकोमा राजा भट्टाचार्यले जीआरपी-को प्रशंसा गर्दै धन्यवाद दिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *