एनजेपी थाना अन्तर्गत इलाकाको मन्दिरमा चोरी

सिलगढी : एनजेपी थाना अन्तर्गत 34 नम्बर वार्डको सूर्यसेन कोलनी इलाकामा गत राति काली मन्दिरमा चोरी भएको छ। गत राति चोरले मन्दिरको ताला भत्काएर मन्दिरमा राखेको पुजाको पीतल र काँसको सामग्रीहरू चोरेर लगेको बताइएको छ। आज बिहान मन्दिरमा चोरी भएको थाहा पाएपछि यसबारे एनजेपी थानामा लिखित अभियोग दर्ता गरिएको छ। अभियोगको आधारमा  पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *