एनजेपी थाना पुलिसद्वारा सडक आरोही लगायत वाहन चालकहरूलाई माक्स वितरण

राजगञ्ज : एनजेपी थाना पुलिस-द्वारा सडकमा आवत-जावत गरिरहेका मानिसहरू लगायत वाहन चालकलाई माक्स वितरण गरियो। गत केही दिन अघिदेखि फुलबारी क्यानल रोड भएर यातायात गर्ने वाहन चालक लगायत सडक आरोहीहरूलाई एनजेपी थाना पुलिसले माक्स वितरण गरिरहेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार कोरोना महामारीको समयमा माक्स लगाउन अनिवार्य रहे तापनि धेरैजसो वाहन चालकहरूले मुखमा माक्स नलगाउने गरेकोले एनजेपी पुलिसले तिनीहरूलाई सचेतन गराउनको साथै माक्स वितरण गरेको बताइएको छ। उक्त अभियान केही दिनसम्म जारी रहने एनजेपी थाना पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *