एनजेपी टी पार्कको ड्राई पोर्टमा तोड़फोड़ गर्ने 6 जना आरोपी जलपाइगढी अदालतमा पेश

सिलगढी: एनजेपी थाना अन्तर्गत टी पार्कको ड्राई पोर्टमा हिजो दुईपक्ष माझ भएको विवाद मामिलामा पक्रा परेका 6 जनालाई आज एनजेपी थाना पुलिसले जलपाइगढी अदालतमा पेश गऱ्यो। पक्रा पर्नेहरूमा मनोज पाल (46), रतन दास (55), मोहम्मद सैफुद्दीन (42), माणिक कन्दन (20 ), रबी (35 ) र शिकन्दन मण्डल (34) सामेल छन् भने तिनीहरू श्रमिक संगठन आइएनटीटीयूसी-का नेता तथा श्रमिकहरू रहेको बताइएको छ। स्मरण रहोस, एनजेपी थाना अन्तर्गत टी पार्कको ड्राई पोर्टमा बाहिरका श्रमिकहरूलाई नोकरी दिएको विषयलाई लिएर दुई पक्षमाझ झगडा भएपछि तनाउको स्थिति उत्पन्न भएको थियो। यस अवधि दुवै पक्षमाझ ढुंगा-मुढा हुनको साथै ड्राई पोर्टमा व्यापक रूपमा तोड़फोड़ गरिएको थियो। उक्त घटनामा केही व्याक्तिहरू गम्भीर रूपमा घाइते भएका थिए। स्थितिलाई नियन्त्रणमा ल्याउनको लागि पुलिसले लाट्ठी चार्ज समेत गर्नु परेको थियो। यसपछि पुलिसले कानुन तोडेको आरोपमा 6 जनालाई पक्राउ गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *