नोकरीको मागमा ल्यान्ड लुजर कमिटीद्वारा विक्षोभ प्रदर्शन

राजगञ्ज : नोकरीको मागमा सोमबार फेरि जलपाईगढी ल्यान्ड लुजर कमिटीका सदस्यहरूले राजगञ्जको गेटबजार सिँचाई विभाग कार्यालयमा ताला झुण्ड्याइदिएर विरोध प्रदर्शनी गरे। सरकारी प्रकल्पको लागि राज्य सरकारले 1983-84 सालमा जमीन अधिग्रहण गरेको आन्दोलनकारीहरूको भनाइ रहेको छ। उक्त जमिनका मालिकहरूलाई सरकारी नोकरी दिने वाचा गरे तापनि हालसम्म तिनीहरूलाई कुनै नोकरी नदिएको बताइएको छ। यसभन्दा अघि पनि उक्त कमिटीले जिल्लाशासक कार्यालयअघि 8 दिन अनशन, जलपाईगढी जिल्ला परिषद्को सभाधिपति घर एवम् राजगञ्ज विधायकको घरमा विरोध प्रदर्शनी गरेको थियो। गत 17 दिसम्बरको दिन ल्यान्ड लुजर कमिटीका सदस्यहरूलाई लिएर उत्तरकन्यामा एउटा प्रशासनिक बैठक समेत गरिएको थियो। बैठक गरेको यतिको दिन बितिसक्दा पनि प्रशासनले कुनै पहल नगरेपछि आज बाध्य भएर कमिटीका सदस्यहरूले पथ अवरोध गरेर विरोध प्रदर्शनी गरेको बताइएको छ। कमिटीका जिल्ला अध्यक्ष नजरूल रहमानले बताएअनुसार नेता, मन्त्री, प्रशासनले केवल आश्वासन मात्र दिएको तर हालसम्म पनि कमिटीका सदस्यहरूले नोकरी पाएका छैनन्। यसैले नोकरी सुनिश्चित नभएसम्म आफूहरूको आन्दोलन जारी रहने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *