नोकरीको मागमा पूर्व केएलओ सदस्य एवम् लिङ्क म्यानहरू-द्वारा विक्षोभ प्रदर्शन

कुचबिहार : पूर्व केएलओ सदस्य एवम् केएलओ लिङ्क म्यानहरूले सरकारी नोकरीको माग गर्दै आज कुचबिहार जिल्ला सदर कार्यालयअघि विक्षोभ प्रदर्शन गरे। यस अवसरमा तिनीहरूले जिल्लाशासकको माध्यमद्वारा मुख्यमन्त्री ममता ब्यानर्जीलाई एउटा ज्ञापन पत्र पनि चढाए। केएलओ सदस्य एवम् केएलओ लिङ्क म्यानहरूलाई राज्य सरकारले दिएको आश्वासन अनुसार हालसम्म पनि नोकरी नपाएपछि आज एउटा र्‍यालीको आयोजना गरेर कुचबिहार जिल्लाशासक कार्यालय पुगपेछि तिनीहरूले विक्षोभ प्रदर्शन गरे। यसको साथै तिनीहरूले जिल्लाशासकको माध्यमद्वारा मुख्यमन्त्रीलाई नोकरीको माग गर्दै एउटा ज्ञापन पत्र पनि चढाए। पूर्व केएलओ सदस्य तथा लिङ्क म्यानहरूले बताएअनुसार मुख्यमन्त्री ममता ब्यानर्जीले आफूहरूलाई सरकारी नोकरी दिने वाचा गरेकी थिइन्। तर केएलओ-का सदस्यहरूलाई नोकरी नदिएर केएलओको नाममा अन्य व्यक्तिहरूलाई नोकरी दिएको तिनीहरूले आरोप लगाए। यसैले सटीक रूपमा केएलओ सदस्य र लिङ्कम्यानहरूलाई चिन्हित गरेर नोकरी दियाजाओस् भन्ने माग गर्दै आज ज्ञापन पत्र चढाएको तिनीहरूले बताए। यदि आफूहरूको माग चाँडै पुरा नभए आगामी दिनमा वृहत् आन्दोलन गर्ने तिनीहरूले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *