नोकरी लगाइदिने प्रलोभन देखाएर लाखौँ रुपियाँ ठगेको आरोपमा व्यक्ति पक्राउ

राजगञ्ज : नोकरी लगाइदिने प्रलोभन देखाएर लाखौँ रुपियाँ ठगेको आरोपमा राजगञ्ज थाना पुलिसले एकजना व्यक्तिलाई बाघडुग्राबाट पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति बाघडुग्रा थाना अन्तर्गत भुवनगढीछाट गाउँ निवासी श्यामल बर्मनको रूपमा चिन्हित गरिएको छ। उक्त घटनाको अझ एकजना आरोपी राजगञ्ज निवासी करिमूल हकले सुइँकुच्चा ठोकेको बताइएको छ। प्राप्त जानकारी अनुसार श्यामल बर्मन र करिमूल हकले 2020-मा राजगञ्जको कुकुरजान ग्राम पञ्चायतको तेवारीपाडा निवासी साज्जित हुसेनलाई ब्लकको डाटा एन्ट्री अपरेटरको पदमा नोकरी लगाइदिने प्रलोभन देखाएर 2 लाख 40 हजार रुपियाँ लिएका थिए। यस्तै प्रकारले भाङ्गामाली निवासी नूर आलमबाट पनि 3 लाख 50 हजार रुपियाँ लिएको आरोप रहेको छ। रुपियाँ लिएको धेरै दिन बितिसक्दा पनि नोकरीको व्यवस्था नगरेपछि रुपियाँ फिर्ता माग्दा ती दुईले विभिन्न बहाना गर्ने गरेको बताइएको छ। गत वर्ष सज्जित हुसेनलाई 50 हजार र अन्य एकजना युवकलाई 2 लाख रुपियाँको चेक दिए तापनि त्यो बाउन्स भएपछि घटनाबारे राजगञ्ज थानामा अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा राजगञ्ज थानाका एसआई मनसुरूद्दिनको नेतृत्वमा अभियान चलाएर गत राति श्यामल बर्मनलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका व्यक्तिले रुपियाँ लिएको कुरा अस्वीकार गरेका छन्। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। पक्रा परेका व्यक्तिलाई अदालतमा पेश गरेपछि पुलिस हिरासतमा लिएर घटनामा अन्य व्यक्तिहरू पनि संलग्न रहेको हुनसक्ने आशंकामा सोधखोज गरिने पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes