नोकरी लगाइदिने प्रलोभन देखाएर रुपियाँ ठगेको आरोपमा महिला पक्राउ

सिलगढी : मिनी शाखा सचिवालय उत्तरकन्यामा नोकरी लगाइदिने प्रलोभन देखाएर रुपियाँ ठगेको आरोपमा खालपाडा आउटपोस्ट पुलिसले एउटी महिलालाई पक्राउ गरेको छ। पक्रा पर्ने महिला टुम्पा घोषलाई आज सिलगढी अदालतमा पेश गरेपछि 5 दिनको पुलिस हिरासतमा पठाएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार सिलगढी थाना अन्तर्गत घोषपाड़ा इलाका निवासी मौमिता घोषले हिजो खालपाड़ा आउटपोस्टमा नोकरी लगाइदिने प्रलोभन देखाएर 2 लाख रुपियाँ ठगेको टुम्पा घोषविरुद्ध अभियोग दर्ता गरेकी थिइन्। रुपियाँ लिए तापनि टुम्पाले तिनलाई नोकरीको लागि बारम्बार मिति दिने गर्दथिन्। लामो समय प्रतीक्षा गरे तापनि नोकरी नपाएपछि तिनले आफू ठगेको थाहा पाएर थानामा टुम्पाविरुद्ध अभियोग दर्ता गरेको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.