नौकरीको प्रलोभन देखाएर 6 लाख रूपियाँ ठगेको आरोपमा सिलगढी शिवमन्दिरबाट एकजना व्याक्ति पक्राउ

सिलगढी (निसं)। सिलगढीको मतिगढा थाना पुलिसले सरकारी नौकरी लगाइदिने प्रलोभन देखाएर लाखौं रूपियाँ ठगेको आरोपमा रघुनाथ कर्मकार (41) नाम गरेका एकजना व्यक्तिलाई पक्राउ गरेको छ। आज तिनलाई सिलगढी अदालतमा पेश गरियो। प्राप्त जानकारी अनुसार, विगत 2019-मा शिव मन्दिर इलाकामा  कल्लोल अधिकारी नामक एकजना व्यक्तिसित नीलिमा देवनाथको भेट भएको थियो। यस अवधि नीलिमा देवनाथलाई  कल्लोल अधिकारीले रुपियाँ दिएको खण्डमा सरकारी नौकरी लगाइदिने प्रलोभन देखाएका थिए। यसपछि नीलिमाले नौकरीको लागि  कल्लोल अधिकारीलाई 6 लाख रूपियाँ दिएका थिए। तर रूपियाँ पाएपछि हाल 2022 सालसम्म पनि नौकरीको लागि विभिन्न बहाना गर्दै आइरहेको थियो। अन्तमा आफु ठगीको शिकार भएको कुरा थाहा पाएपछि नीलिमाले यसबारे गत 22 सेप्टेम्बरको दिन मतिगढा थानामा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेको पुलिसले कल्लोल अधिकारीको साथी रघुनाथ कर्मकारलाई गत राति इन्दिरा कलोनीबाट पक्राउ गरेको छ। आज तिनलाई अदालतमा पेश गरेपछि मतिगढा थानाको पुलिसले  मुख्य अपराधी कल्लोल अधिकारीलाई पक्राउ गर्नको लागि रघुनाथ कर्मकारलाई हिरासतमा लिएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *