नोकरीको प्रलोभन देखाएर सिलगढीमा युवतीसित दुष्कर्म गरेको आरोपमा दुईजना युवक पक्राउ

सिलगढी: नोकरीको प्रलोभन देखाएर युवतीलाई लजमा बोलाएर तिनीसित दुष्कर्म गरेको आरोपमा सिलगढी पुलिस कमिश्नरेटको मेडिकल आउट पोस्ट पुलिसले दुईजना युवकलाई पक्राउ गरेको छ।  प्राप्त जानकारी अनुसार केही दिन अघि सोशल साइटमा नौकरीको एउटा विज्ञापन दिएको थियो। उक्त विज्ञापन देखेर सिक्किमका एकजना युवतीले कामको लागि सम्पर्क गरे। यसपछि तिनलाई एउटा लजमा बोलाएर तिनीसित दुष्कर्म गरेको आरोप रहेको छ। यसपछि यसबारे युवतीले पुलिस थानामा एउटा लिखित अभियोग दर्ता गरे।  अभियोगको आधारमा जाँचमा जुटेको मेडिकल आउटपोस्ट पुलिसले गत राति बब्लू सरकार र गौतम दास नाम गरेका दुईजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने बब्लू एनजेपी अनि गौतम सिलगढी 24 नम्बर वार्ड निवासी रहेको थाहा लागेको छ। आज आरोपीहरूलाई सिलगढी अदालतमा पेश गरेर तीन दिनको पुलिस हिरासतमा लिएको छ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *