नो एनआरसी मूभमेन्ट-द्वारा मालदामा प्रतिवाद र्‍याली

मालदा : नो एनआरसी मुभमेन्ट-को आयोजनामा आज मालदामा एउटा प्रतिवाद र्‍याली निकालिइयो। मालदाको वृन्दावनी मैदानमा आज अपरान्ह नागरिकता  संशोधन बिलको प्रतिवादमा भेला भएका हजारौँ मानिसहरूले हातमा राष्ट्रिय झण्डा बोकेर एनआरसीको विरोध जनाउँदै विभिन्न नाराबाजी गरे। उक्त प्रतिवाद र्‍यालीमा भेला भएका मानिसहरूले मालदा सहरको विभिन्न मार्गहरूको परिक्रमा गर्दै एनआरसीको विरोध जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *