नोकर्नीको भेषमा घरमा चोरी गर्ने महिला पक्राउ

सिलगढी : घरमा काम गर्ने बहानामा महिलाद्वारा चोरी गर्ने गरेको घटना प्रकाशमा आएको छ। गत राति सिलगढीको सुभाषपल्ली संलग्न इलाकाबाट पुलिसले एउटी महिलालाई पक्राउ गरेको छ। पक्रा परेकी महिला जलपाईगढी जिल्ला अन्तर्गत मालबजार इलाका निवासी पूर्णिमा महतो (45)-को रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उक्त महिलाले घरमा काम गर्नेको बहाना गर्दै विभिन्न घरहरूमा जाने गर्दथिन् अनि घरमा कोही पनि सदस्य नभएको फाइदा उठाएर चोरी गर्ने गरेको विषयमा थानामा अभियोग दर्ता गरिएको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले गत राति गोप्य सूचनाको आधारमा सुभाष पल्ली संलग्न इलाकामा अभियान चलाएर एउटी महिलालाई पक्राउ गरेको छ। पक्रा परेकी महिलालाई आज सिलगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *