‘नो रोड नो भोट’ भन्दै लोअर बडा सिटोङमा चुनाउ वहिष्कार, गाउँलेहरूले दिनभरि गरे सडक बनाउने काम

खरसाङ (निसं) : आज जीटीए चुनाउ सम्पन्न भइरहेको समय भरि नै खरसाङ महकुमा अन्तर्गत सिटोङ क्षेत्रमा रहेको एउटा गाउँका युवाहरूले रोड नबनिएकोमा भोट बहिष्कार गर्दै नो रोड नो भोट’-को नीति अप्नाएर रोड मरमत्ति कार्य गरिरहे। लोवर बढ़ा सिटोङका स्थानीय जनताले गाउँमा गाडी कुद्ने सड़क मार्ग व्यवस्थित हुनुपर्छ भन्दै केही महिना अघि नै नो रोड -नो भोटभनिरहेका थिए। आज पनि जीटीए चुनाउ भइरहेको समय नै लोवर बढ़ा सिटोङका जनताले भने भोट बहिष्कार गरेर गाउँमा पुग्ने सड़कको मरमत्ति कार्य गरेको देखियो।


तिनीहरूले भोट हाल्न जानुको सट्टा यहाँका जनता मिलेर रोड मरमत्तिको कार्य गरेका छन्। यस विषयमा स्थानीय लोवर बड़ा सिटोङका एक जना युवाले बताए अनुसार आफुहरू जीटीए चुनाउमा भाग नलिएर गाउँमा जाने रोडको मरमत्तिको कार्यमा लागेको र गाउँको नजिकैमा मतदान भइरहेको तर आफुहरू जबसम्म कालो रोड बनिँदैन तबसम्म भोट नहाल्ने भनेर यसरी रोड मरमत्तिको कार्य गरिहेको बताएका छन्। त्यसरी नै यातायातको समस्या भएकोले जीटीए चुनाउ मात्रै होइन तर हाम्रो गाउँसम्म पुग्ने रोड कालो नभएसम्म भविष्यमा पनि कुनै भोट नहाल्ने निर्णय गरेको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *