‘नो रोड नो भोट’ नाराको साथमा भोट वहिष्कार गर्ने गाउँहरूको चेताउनी

राजगञ्ज : राजगञ्जको सन्न्यासीकाटा ग्राम पञ्चायत अन्तर्गत पर्ने पश्चिम बालाबारी निवासीहरूले बेहाल अवस्थामा रहेको सडकलाई पक्का सडक बनाउने मागमा भोट वहिष्कार गर्ने चेताउनी दिएका छन्। चुनाउ अवधि नेताहरूले उक्त सडक निर्माण गरिदिने बारम्बार वाचा गरे तापनि हालसम्म यसको निर्माण गरिएको छैन। यसैले साधारण मानिसहरूले अब नेताहरूको कुनै वाचा नसुन्ने साथै आउँदो विधानसभा चुनाउमा कुनै पनि पार्टीको पक्षमा मतदान नगर्ने गाउँहरूको भनाइ रहेको छ। आज तिनीहरूले भोट वहिष्कार गर्ने लेखिएको पोस्टर लिएर विरोध प्रदर्शन गरे। स्थानीय मानिसहरूले बताएअनुसार सन्न्यासीकाटाको लाल स्कुल बालाबारीदेखि पश्चिम बालाबारीसम्मको डेढ़ किलोमीटर कच्चा सड़क लगभग 40 वर्षदेखि बेहाल अवस्थामा रहेको छ। उक्त सड़कमा उप-स्वास्थ्य केन्द्र, आईसीडीएस सेन्टर र प्राथमिक स्कुल रहेको साथै उक्त सडक भएर 6-7 गाउँका मानिसहरू यातायात गर्ने गर्दछन्। पक्का सडक निर्माण गरिदिनेबारे ग्राम पञ्चायत प्रबन्धनले धेरैपल्ट आश्वासन दिए तापनि हालसम्म सड़कको निर्माण गरिएको छैन।


प्रत्येकपल्ट चुनाउको समयमा नेताहरूले पक्का सडक बनाइदिने वाचा गरे तापनि चुनाउपछि सबैले आफ्नो वाचा पुरा नगर्ने गरेकोले गर्दा नै गाउँलेहरूले भोट वहिष्कार गर्ने आहवान गरेका छन्। अर्कोतिर, यस सम्बन्धमा स्थानीय सीपीएम पञ्चायत सदस्य सौकत अलीले गाउँलेहरूको माग अनुचित रहेको साथै बेहाल सड़कको कारण तिनीहरूले निक्कै समस्या भोग्दै आइरहेको बताए। प्रशासनिक सूत्रमार्फत् आफूले 6 महीना अगावै उक्त सडक निर्माण गर्नेबारे टेन्डर जारी भइसकेको थाहा पाएको तिनले बताए। तर हालसम्म पनि किन उक्त सडक निर्माणको कार्य शुरू भएको छैन भन्नेबारे आफूले बुझ्न नसकेको तिनले बताए। अर्कोतिर, इलाकाको पञ्चायत समितिका सदस्य रोशन हबीबले बताएअनुसार पक्का सड़कको निर्माण गर्नको लागि टेन्डर जारी भइसकेको तर विधानसभा चुनाउको घोषणा भएकोले गर्दा नै काम शुरू गरिएको छैन। चुनाउपछि पक्का सड़क निर्माणको कार्य शुरू गरिने बताउँदै तिनले विरोधीहरूले गर्दा नै गाउँलेहरूले भोट वहिष्कार गर्ने चेताउनी दिएको हो। यस सम्बन्धमा स्थानीय मानिसहरूसित कुराकानी गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.