‘नो रोड नो भोट’-को नारा लगाउँदै गाउँलेहरू उत्रिए सडकमा

मङपु : मङपु सिटोङको छुला नस्पति गाउँ दुर्गा मन्दिरदेखि गुम्बा गाउँ हुँदै लोअर बडा सिटोङ भएर श्रीमान गोलाई लोअर सिटोङ जाने लगभग 4 किलोमिटर कच्चा सडक धेरै पुस्ता बितिसक्दा पनि हालसम्म पक्का सडक नबनाएकोले गर्दा गाउँलेहरू धेरै असुविधाको सामना गर्न परिरहेका छन्। चुनाउको समयमा मात्र राजनीतिक दलका नेताहरूले पक्का सडक बनाइदिने आश्वासन दिनको साथै नापजोक समेत गरे तापनि हालसम्म पक्का सडक बनाएको छैन। यसैले सम्पूर्ण गुम्बा गाउँ अनि लोअर बडा सिटोङका मानिसहरूले अबउसो जबसम्म पक्का सडक बनिँदैन तबसम्म भोट वहिष्कार गर्ने निर्णय लिएका छन्। तिनीहरूले सभा बसेर पारित गरेको निर्णय अनुसार नो रोड नो भोट लेखिएको ब्यानरहरू विभिन्न ठाउँमा लगाउने कार्य गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *