नर्थ बेङ्गल मेडिकल कलेजमा अक्सिजन प्लान्टको उद्घाटन

सिलगढी: लामो समयको प्रतिक्षा पछि उत्तर बङ्गाल मेडिकल कलेज एवम् अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटन गरियो। यस अवसरमा वेस्ट बेंगल युनिभरसिटी अफ हेल्थ साइन्सका कुलपति डा.सुहृता पाल, ओएसडी डा. सुसान्त राय, सिलगढीका महकुमा शासक श्रीनिवास भेंकटराव पाटिल, मेडिकल कलेजका प्रिन्सिपल डा. इन्द्रजीत साहा, अधिक्षक सञ्जय मल्लिक लगायत अन्य उपस्थित थिए। ओएसडी डा. सुशान्त रायले भने, मेडिकल कलेजमा कहिले पनि अक्सिजनको कमी भएन। 2000 लिटर प्रति मिनट पीएसए अक्सिजन उत्पादन गर्ने क्षमता रहेको यो प्लान्टले मेडिकलको सबै ठाउँमा काम गर्नेछ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *