नर्थ बङ्गाल बडी बिल्डिङ्ग एवम् फिटनेस च्याम्पियनशिप-2022 प्रतियोगितामा सिलगढीका दुई युवक विजयी

सिलगढी: अलिपुरद्वारमा गत 3 जुलाईको दिन सम्पन्न भएको नर्थ बङ्गाल बडी बिल्डिङ्ग एवम् फिटनेस च्याम्पियनशिप-2022 प्रतियोगितामा सिलगढीका दुईजना युवा पुलक बर्मन र आकाश मल्लिकले असल खेलको प्रदर्शन गरेर सिलगढीको नाम फेरि एकपल्ट गौरान्वित पारेका छन्। नर्थ बंगाल बडी बिल्डिङ्ग एवम् फिटनेस च्याम्पियनशिप- 2022 प्रतियोगितामा आकाश मल्लिक बडी बिल्डिङ्गमा पहिला अनि फिटनेसमा च्यापियन अफ् च्यापियन बनेका छन्। यसैगरी, पुलक बर्मनले बडी बिल्डिङ्गमा दोस्रो स्थान हासिल गरेका छन्। तिनीहरू दुई जनाको सफलतामा सिलगढीवासी सहित महानन्दा स्पोर्टिङ्ग क्लबका जिम सेन्टरका कोच पप्पू राय पनि औधी खुशी भएका छन्। आफ्नो जीत पछि आकाश मल्लिकले भने, सानोमा म क्रिकेट खेलाडी बन्न चाहन्थे तर आर्थिक समस्याको कारण मेरो सपना पुरा हुन सकेन। यसपछि तिनी फिटनेसको लागि चार वर्ष अघि जिम जान शुरू गरे अनि बडी बिल्डिङ्गको सपना देख्न शुरू गरेका थिए। तिनको सपना आज आएर पुरा हुनको साथै तिनले सफलता प्राप्त गरेको छ। उक्त सफलता पछि तिनका कोच पप्पू रायको ठूलो हात रहेको कुरा आकाश मल्लिकले बताएका छन्। अर्कोतिर पुलक बर्मनले भने, कोचको गाइड अनि मेहनतले उक्त सफलता हासिल गर्न सकेको हुँ। गत दुई वर्ष अघिदेखि कोच पप्पू रायको देखरेखमा तिनले जिम गरिरहेका छन्। तथापि बडी बिल्डिङ्गमा यति सफलता पाउने बारे तिनले सोचेका थिएनन्। अब तिनको सपना नेशनल मिस्टर इण्डिया बन्ने रहेको बताएका छन्। यसैगरी, कोच पप्पू रायले आकाश र पुलकले आफ्नो अनि सिलगढीको इज्जत राखेका बताए। तिनीहरूको यस सफलतामा पप्पू खुबै खुशी छन्। तिनले भने, दुवै जनालाई अब नेशनल मिस्टर इण्डियाको लागि तयारी शुरू गर्नेछु।


Leave a Reply

Your email address will not be published. Required fields are marked *