नर्थ बंगाल कराते च्याम्पियनसीपमा खरसाङको मास्क अनि राइजिङ सन स्पोर्टसको उत्कृष्ट प्रदर्शन

खरसाङ: सिलगढ़ीस्थित दिल्ली पब्लिक हाई स्कूलमा सिहान अनिल राईको तत्परतामा अनि स्याक्डको आयोजना सम्पन्न पाचौँ नर्थ बंगाल कराते च्याम्पियनसीपमा खरसाङको मिराज एकाडेमी अफ स्पोर्टस एण्ड कराते (मास्क) अनि राइजिङ सन स्पोर्टस क्लबले सहभागी जनाएको औ यी दुवै क्लबका प्रतियोगी विद्यार्थीहरूले उत्कृष्ट खेल प्रदर्शन गरेको मिराज एकाडेमीका निर्देशक तथा प्रशिक्षक मिराज लेप्चा अनि राइजिङ सनका निर्देशक अनिल छेत्रीले जानकारी दिएका छन्। तिनीहरूले बताए अनुसार मिराज एकाडेमीबाट मोठ 22 जना खेलाड़ीहरूले भाग लिएका थिए जसमा दश स्वर्ण, सात रजत अनि तेह्र काँस्य पदक प्राप्त गरी मोठ 30 वटा पदक प्राप्त गरे भने राइजिङ सनलाई 6 वटा स्वर्ण, 6 वटा रजत अनि 3 वटा काँस्य पदक प्राप्त भयो। प्रतियोगीतामा मिराज एकाडमीका नेहारिका सुब्बा लगातार दोस्रोपल्ट बेस्ट फाइटर अफ फिमेल बनिन्। प्रतियोगीतामा 36 वटा इन्स्टिटयूटबाट 4 सयभन्दा अधिक प्रतियोगीहरूले भाग लिएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *