नौकाघाटमा नदीको माझमा बनाएको छठघाट अन्यत्र सारिदियो पुलिस प्रशासनले

सिलगढी : ग्रीन ट्रिब्यूनलको निर्देशअनुसार नदीको माझमा छठघाट निर्माण गर्न पाउँदैन। यसैले हिजो सिलगढी नगरनिगमले यहाँको महानन्दा नदीको माझमा बनाइएको छठघाटलाई भत्काइदिएको छ। आज नौकाघाटमा पनि नदीको माझमा छठघाट बनाएको अभियोग आएपछि पुलिसको सहयोगमा त्यहाँबाट छठघाट अन्यत्र सारिदिएको बताइएको छ। नदीको माझमा छठघाट निर्माण गरेको खबर पाएपछि एनजेपी थानाका ओसी पार्थ सारथी दासको नेतृत्वमा विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर नदीको माझमा बनाएको छठघाट सारेर अन्य ठाउँमा बनाउने ठाउँ उपलब्ध गराइयो। यसको लागि स्थानीय पञ्चायत निरञ्जन सरकारले सहयोग गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *