नोभल कोरोनालाई लिएर जागरूक्ता शिविर

राजगञ्ज : नोभल कोरोना भाइरसलाई लिएर हाल देश भरीनै आतङ्कको माहौल छाएको छ। मानिसहरूलाई कोरोनाबारे जागरूक गर्नको लागि तृणमूल कांग्रेसको सहयोगमा शिकारपूर ग्राम पञ्चायतको कार्यालयमा एउटा सभाको आयोजना गरियो। उक्त सभामा नोभल कोरोना भाइरस कसरी फैलिन्छ भन्ने बारेमा चर्चा-परिचर्चा गरियो। यस अवधि राजगञ्ज ब्लाकका स्वास्थ्य अधिकारी (बीएमओएच) शुभदीप सरकारले नोभल कोरोना भाइरसबाट कसरी बाँच्न सकिन्छ भन्नेबारे केही महत्वपूर्ण सुझाउ दिए। यस सभामा राजगञ्जका विधायक खगेश्वर राय, राजगञ्ज पञ्चायत समितीका अध्यक्षा पूर्णिमा राय, राजगञ्ज ब्लकको विभिन्न ग्राम पञ्चायतका प्रधान, स्वास्थ्य कर्मी, आईसीडीएस कर्मी लगायत अन्य विभागका अधिकारीगण उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *