एनपीपी प्रार्थी पेञ्जो गम्पु भोटियाद्वारा गोरूबथान क्षेत्रमा चुनाउ प्रचार

गोरूबथान: नेशनल पिपल्स पार्टीको कालेबुङ विधानसभाका प्रार्थी पेञ्जो गम्पु भोटियाले पनि आफ्नो चुनाउ अभियान जारी राख्दै विभिन्न क्षेत्रमा घुमेर चुनाउ प्रचार तीव्र रूपमा गरिरहेका छन्। यसै चुनाउ प्रचार-प्रसारको क्रममा प्रार्थी पेञ्जो गम्पु भोटियाले आज कालेबुङ खण्ड 3 अन्तर्गत 43 नम्बर समष्टीको गोरूबथान बजार, मिसनहिल चियाबारी, लोवर फागु लगायत अन्य ठाउँहरूमा गएर आफ्ना समर्थकहरूको साथमा चुनाउ प्रचार गरे। तिनले एनपीपीका प्रार्थीलाई विधानसभा चुनाउमा मतदान गरेर विजयी गर्ने सबैसित अपील गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *