एनपीआर-को विरोधमा सडकमा ओर्लिने सिलगढी नगरनिगम

सिलगढी : एनपीआर-को विरोधमा सिलगढी नगरनिगम सडकमा ओर्लिने भएको छ। पत्राकारहरूसँग कुराकानी गर्दै सिलगढी नगरनिगमका मेयर अशोक भट्टाचार्यले उक्त मन्तव्य व्यक्त गरेका हुन्। एनपीआर लागू गर्नेबारे केन्द्र सरकारले राज्यको सबै नगरनिगमहरूलाई निर्देश दिइसकेको भए तापनि यसबारे वाम अनुमोदित सिलगढी नगरनिगमले उक्त निर्णय स्वीकार नगर्ने आफ्नो अडान स्पष्ट राखेको छ। यसबारे मेयर अशोक भट्टाचार्यले राज्य सरकारलाई लिखित रूपमा एनपीआर सिलगढी नगरनिगमले नमान्नेबारे पत्राचार गरेर अवगत गराइसकेको बताइएको छ। एनआरसी र सीएएसँग कुनै अदृश्य रूपमा एनपीआरको सम्बन्ध रहेकोले गर्दा नै यसको सिलगढी नगरनिगमले विरोध जनाएको तिनले बताए। मेयरले बताएअनुसार यसको विरोधमा अब सिलगढी नगरनिगम सडकमा ओर्लिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *