एनआरसी अनि सीएए-को समर्थनमा भाजपाद्वारा जागरूकता अभियान

खोरीबारी : भारतीय जनता पार्टीको खोरीबारी बुढ़ागञ्ज मण्डलको तर्फबाट खोरीबारी ग्राम पञ्चायतको 82 नम्बर बुथमा एनआरसी र सीएए-को समर्थनमा जागरूकता अभियान अन्तर्गत मानिसहरूलाई जागरुक गराइयो। जनसम्पर्क अभियानअन्तर्गत क्षेत्रका मानिसहरूलाई एनआरसी अनि सीएए-को सन्दर्भमा मुख्य विषयहरूबारे अवगत गराइरहेको उपाध्यक्ष अरूण दासले बताए। यस अभियानअन्तर्गत खोरीबारी ग्राम पञ्चायतको 82 नम्बर बुथमा मानिसहरूलाई एनआरसी अनि सीएएबारे जानकारी गराउँदै खोरीबारी खण्डको सबै बुथहरूमा एकपछि अर्को गर्दै जनसम्पर्क अभियान चलाउँदै यहाँको मानिसहरूलाई जागरूक गराएको तिनले बताए। यस अवसरमा उपाध्यक्ष अरूण दास, महासचिव शक्ति जय बारोई, युवा कार्यकर्ता सञ्जय रायलगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *