एनआरसी अनि सीएए-को विरोधमा तृणमूलको र्‍याली

इस्लामपुर : एनआरसी अनि सीएए-को विरोधमा आज इस्लामपुर ब्लकको माटीकुण्डा-1 नम्बर ग्राम पञ्चायत इलाकामा तृणमूल कांग्रेसको तर्फबाट एउटा र्‍यालीको आयोजना गर्यो। यसको साथै ग्राम पञ्चायत भवनको महिला सदस्यहरूलाई लिएर एउटा सभाको पनि आयोजना गरियो। सभापछि र्‍याली शुरू गरेर यहाँको विभिन्न इलाकाहरूको परिक्रमा गर्यो। र्‍यालीमा तृणमूल कांग्रेसका उत्तर दिनाजपुर जिल्ला अध्यक्ष तथा इस्लामपुर नगरपालिकाका चेयरम्यान कन्हैयालाल अग्रवाल, ब्लक अध्यक्ष जाकिर हुसेन, ग्राम पञ्चायत प्रधान मेहबुब आलम, जिल्ला परिषदका सदस्य हरसुन्दर सिंहलगायत अन्य नेताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *