एनआरसी, सीएए र एनपीआर-को विरोधमा तृणमूलको मौन जुलूस

सिलगढ़ी: मानव श्रृङ्खला पछि मुखमा कालो पट्टी बाँधेर मौन जुलूस निकालेर तृणमूल कांग्रेसले एनआरसी, सीएए र एनपीआर-को विरोध जनायो। बुधवार तृणमूल कांग्रेसले राज्यव्यापी मानव श्रृङ्खला बनाएर आन्दोलन गर्दै एनआरसी, सीएए र एनपीआर-को विरोध जनाएको थियो। यसपछि आज सिलगढ़ीको फूलबारी 2 नम्बर अञ्चल तृणमूल कांग्रेसको तर्फबाट मौन जुलूस निकालिइयो। पार्टीका अध्यक्ष देवाशीष प्रमाणिकको नेतृत्वमा मुखमा कालो पट्टी बाँधेर तृणमूल कांग्रेसका समर्थकहरूले मौन जुलूस निकाले। उक्त जुलूसले फूलबाड़ीको विभिन्न मार्गहरूको परिक्रमा गऱ्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *