एनआरसी, सीएए र एनपीआर-बारे दार्जिलिङमा दुईदिने राष्ट्रिय सङ्गोष्ठी हुने

कालेबुङ : एनआरसी, सीएए अनि एनपीआर विषयमा चर्चा परिचर्चा गर्न दार्जिलिङमा दुई दिवसीय राष्ट्रिय सङ्गोष्ठीको आयोजना गरिने भएको छ। यसबारे गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समितिका सचिव केशवराज पोखरेलले आज जानकारी दिएका छन्। तिनले बताएअनुसार एनआरसी, सीएए र एनपीआएर विषयमा राष्ट्रिय सङ्गोष्ठी इस्टडी एन्ड रिसर्च वीङ (Study and Research Wing)-को आयोजना आगामी 21 र 22 मार्चको दिन दार्जिलिङको  क्यापिटल हलमा सम्पन्न हुनेछ। यो मुद्दा कोरोना भाइरस जतिकै गम्भीर तथा महत्वपूर्ण रहेको दावी गर्दै पोखरेलले बताएअनुसार उक्त सङ्गोष्ठीमा देशभरिकै विभिन्न ठाउँहरूबाट वरिष्ठ वक्ताहरू उपस्थित रहनेछन्। यसको साथै उक्त राष्ट्रिय सङ्गोष्ठी कार्यक्रममा दार्जिलिङका विभिन्न राजनैतिक पार्टीहरू लगायत संघ-संस्थानहरूलाई पनि निमन्त्रणा गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *