एनआरसीको प्रतिवादमा कालचिनीमा र्‍याली

कालचिनी : एनआरसी-को विरोध जनाउँदै आज कालचिनीमा आदिवासी विकास परिषद्ले एउटा र्‍यालीको आयोजना गर्यो। कालचिनी चियाकमान इलाकाबाट उक्त र्‍याली निकालेर यहाँको विभिन्न पथहरूको परिक्रमा गर्यो। अर्कोतिर, केही राजनैतिक दलका सदस्यहरूले आदिवासी विकास परिषद्को नाम र झण्डा प्रयोग गरेर मानिसहरूमा भ्रम फैलाइरहेको आरोप लगाउँदै यस विरुद्ध थानामा अभियोग दर्ता गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *