एनआरसी लागू हुन अघि नै पहाड़, तराई-डुवर्स क्षेत्रमा पर्जापट्टा दिइनेछौँ : सांसद राजु विष्ट

खरसाङ : भारतीय जनता पार्टीका खरसाङ विधानसभाका प्रार्थी बिष्णु प्रसाद शर्मा (बीपी बजगाइँ) को समर्थनमा आज खरसाङको मन्टिभियट मैदानमा भाजपाको चुनावी सभा सम्पन्न भयो। उक्त सभालाई सम्बोधन गर्दै दार्जिलिका सांसद राजु विष्टले भने, हाम्रो लागि स्थायी राजनैतिक समाधान भनेको भारतको संविधानले दिने स्थायी राजनैतिक समाधान हो, ममता दिदीले दिने समाधान होइनसायद भगवानले पनि यहीँ दिनको लागि पठाएको होला कि गोर्खाको सपना 2024 भन्दा अघि पुरा होस् भनेर र यसको लागि म वचनबद्ध छु मलाई चौकीको लोभ छैन। तिनले यसपालीको विधानसभा चुनाउमा खरसाङ विधानसभा समष्टिको लागि भाजपाका प्रार्थी बीपी बजगाइँको पक्षमा भोट हाल्ने सबैसित अपील गर्दै भने, गोजमुमो एक र दुईलाई भोट दिनु भनेको ममता दिदीलाई भोट दिनु हो जुन गोर्खाले कहिले पनि गर्दैन किनभने तृणमूल भनेको 2017 हो, तृणमूल भनेको आन्दोलन मार्ने पार्टी हो, तृणमूल भनेको 13 जना शहीद बनाउने पार्टी हो, तृणमूल भनेको विस्थापित बनाउने पार्टी हो, तृणमूल भनेको गोर्खा मास्ने पार्टी हो। सांसद राजु विष्टले 11 जनजातिको कुरा कुनै पनि समय घोषणा हुनसक्छ भन्दै चियाबारी श्रमिकहरूका दैनिक हाजिरा 350 रुपियाँ हुनेछ भनी बताए। तिनले एनआरसीको डर देखाउने कार्य हुँदैछ तर एनआरसी कहिले लाग्छ र कसरी लाग्छ निर्णय भएको छैन भन्दै एनआरसी लागु हुन अघि नै पहाड़, तराई र डुवर्सका लागि पर्जापट्टाको अधिकार दिइनेछ भनी बताउँदै चियाबारी, सिन्कोना, बनबस्ती, डीआई फण्ड क्षेत्र, पर्जापट्टा, एफआरएफ 2006 लागु हुनेछ भनी बताए। विष्टले दार्जिलिङमा गोर्खा शहीद स्मारक बनिन्छ, सिन्कोना बगानलाई वर्ल्ड मेडिशन हप बनाउनेछौं, उत्तर बंगालमा एम्स बनिनेछ, उत्तर बंगालमा विश्वविद्यालय  बनिनेछ भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *