एनआरसीले गोर्खाहरूलाई उत्पीडित गर्ने छैन : सांसद विष्ट

बिजनबारी: दार्जिलिङका भाजपा सांसद राजु विष्टले आज बिजनबारीमा एउटा चुनावी सभालाई सम्बोधन गरे। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले एनआरसीले गोर्खाहरूलाई कुनै परिस्थितिमा उत्पीडित नगर्ने बताए। यसको साथै तिनले आउँदो विधानसभा चुनाउमा भाजपाले विपुल मतले विजय हासिल गरेर सरकार गठन गर्ने दावी गरे। असममा एनआरसीले गर्दा धेरैजना गोर्खाहरू उत्पीडनको सिकार भएको खबर असत्य रहेको तिनले बताए। स्मरण रहोस्, सांसद राजु विष्ट सांसद बनेपछि पहिलोपल्ट बिजनबारी आएका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *